काठमाडौं । अनेक प्रयोजनमा युरोप, अमेरिका पुगेका धेरै नेपाली स्वदेश फर्कंदैनन् भन्ने आमबुझाइ छ । तर, भ्रमण गर्ने उद्देश्यले नेपाल आएका थुप्रै विदेशी नागरिक आफ्नो देश नफर्कने गरेको पाइएको छ । पर्यटक भिसामा नेपाल आई विभिन्न जागिरमा आबद्ध हुनेमध्ये अमेरिकी नागरिक सबैभन्दा बढी छन् ।
गृह मन्त्रालयले हालै घुम्ने नाममा पर्यटक भिसामा नेपाल आएर जागिरमा आबद्ध भएका एक सयभन्दा धेरै विदेशीलाई कारबाही गरेको छ । सरकारी आयोजना, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीमा कार्यरत विदेशीहरू कारबाहीमा परेका हुन् । यो आर्थिक वर्षमा मात्र एक सयभन्दा धेरै विदेशी कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ । कारबाही पर्नेहरूमा धेरैजसो अमेरिकी नागरिक छन् ।
त्यस्तै, कोरिया, जापान, बेलायत, चीनलगायत देशका नागरिक पनि कारबाहीमा परेका छन् । उनीहरूलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ जरिवाना गराएर पर्यटक भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न लगाइएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २६ माघ २०७६, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती