काठमाडौँ । चीनबाट उद्दार गरेर ल्याइने नेपालीलाई इचंगुनारायणस्थित आवास भवनमा राख्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागको सो भवन मानव बस्ती नजिकै भएकाले कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहान लगायतका क्षेत्रबाट उद्दार गरेर ल्याइ त्यहाँ राख्दा संक्रमण फैलिन सक्ने भन्दै सरोकारवालाहरुले आवाज उठाएका हुन् ।
मिलन टोलसुधार समिति र नागभुषण महिला समूह रानीबनको आयोजनामा कोरना भाइरस र सोको क्वारेन्टाइन स्थान सम्बन्धमा आयोजित छलफल तथा जनचेतनामूलक कार्यक्रममा काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति तथा काठमाडौं महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष मुकुन्द रिजालले इचंगुनारायणको आवास भवनमा चीनबाट ल्याइने नेपालीलाई राख्नु उचित नहुने बताए ।
कोरोना भाइरसको महामारी रहेको बुहानमा रहेका नेपाली नागरिकलाई उद्दार गरेर नेपाल ल्याइनु स्वागतयोग्य कदम भएपनि नेपाल ल्याएर उनीहरुलाई मानवबस्ती छेउमा रहेको आवास भवनमा राख्ने कुरा गर्नुचाहिँ आपत्तिजनक भएको बताए ।
उनले मानव बस्तीलाई प्रभाव नहुने स्थान छनोट गर्न समेत सरकारलाई आग्रह गरे । जनभावनालाई ध्यान दिँदै सरकारले अन्य स्थान खोजेर उनीहरुलाई राख्नुपर्नेमा रिजालको जोड थियो ।
सरकारले विभिन्न स्थानसहित इचंगुनारायणलाई समेत उद्दार गरेर ल्याइने नेपाली राख्ने ठाउँको रुपमा प्रस्ताव गरेपछि स्थानीयले विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ माघ २०७६, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
यूएईमा नेपालीले मादक पदार्थ खाएर झगडा गर्न थालेपछि दूतावासले गरायो सचेत
अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा
९ महिना युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार, भोलि स्वदेश फर्किने