कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका ११ स्थानमा विमानस्थल सञ्चालन गरिने बताएका छन् ।
शनिबार धनगढीमा आयोजित धनगढी विमानस्थल गुरु योजना प्रस्तुतीकरण कार्यक्रममा मन्त्री भट्टराईले प्रदेशका विभिन्न ११ स्थानमा विमानस्थल सुरु हुने आश्वासन दिए । ‘कहीँ काम भइरहेको छ । कहीँ कामको तयारी भइरहेको छ,’ उनले भने, ‘हामी प्रदेशका ११ स्थानमा विमानस्थल सुरु गर्ने तयारीमा छौँ ।’
नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा हाल धनगढी विमानस्थल मात्रै चालु अवस्थामा छ ।
मन्त्री भट्टराईले धनगढी विमानस्थल विस्तारसँगै तत्काल कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुरमा बन्द अवस्थामा रहेको विमानस्थल पनि सुचारु गर्ने आश्वासन दिए ।
‘धनगढीलाई हामी विस्तार गर्छौं । टीकापुर र र मझगाउँमा बन्द रहेको विमानस्थल सुरु हुन्छ,’ उनले भने, ‘पहाडी जिल्लामा पनि अधिकांश ठाउँमा कालोपत्रेको काम भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ माघ २०७६, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला