बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ माघ २०७६, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी