काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ ।
एशियाली व्यवस्थापन संस्थाहरुको संगठनले शुक्रबार राजधानीमा आयोजित एशियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो ।
संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहकाबीचमा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई सो सम्मान प्रदान गरे । सो अवसरमा एशिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मानित गरिएको छ ।
उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का समूहको कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरिएको हो ।
त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ । त्यस्तै नेपालका आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यवसायिक नेतृत्वको सम्मान दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद