काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै रोष्ट्रम घेराउ गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले बैठकमा उठेर विरोध सुरु गरेका हुन्।
विरोधका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरू रोष्ट्रम क्षेत्रमा पुगेपछि सभामुखले संसदीय मर्यादा र बैठक सञ्चालनसम्बन्धी नियम पालना गर्न आग्रह गरेका थिए।
यसअघि सभामुखले सांसदहरूलाई आफ्नो स्थानमा फर्कन निर्देशन दिएका थिए। तर विरोध जारी रहेपछि सभामुखले पुनः सचेत गराउँदै बैठकको कार्यसूची अघि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, १४ : २५
लेखकबाट थप