काँग्रेस नेता आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर : उच्च अदालत

सफल खबर संवाददाता

शुक्रबार, २४ माघ २०७६, २१ : ३७
काँग्रेस नेता आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर : उच्च अदालत

file photo

 काठमाडौँ । काँग्रेस नेता मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ । तर उनको मुद्दा रौतहटबाट पर्सा अदालतमा सार्ने सरकारी वकीलको मागलाई भने अदालतले अस्वीकार गरेको छ ।

सरकारी वकील कार्यालय वीरगञ्जले रौतहटमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालत सार्न भन्दै १ पुसमा उच्च अदालतमा निवेदन दर्ता गराएको थियो ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने तर रौतहट जिल्ला अदालतबाट मुद्दा पर्सा सार्न नपर्ने आदेश दिएको हो ।

आलमको मुद्दा पर्सा अदालत सार्न नपर्ने भन्दै अदालतले विभिन्न ८ कारण दिएको छ । रौतहटमा सामूहिक हत्याकाण्डका मुख्य आरोपी आलमलाई रौतहट जिल्ला अदालतले गत २९ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस