काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताउनु भएको छ ।
आज मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उहाँले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तिायारले निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो । छानबिनबाट मेरो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारवाही पनि भोग्न तयार रहेको उहाँले बताउनुभयो ।
भरखरै धरान उपमहानगरपालिकामा नेकपाको हार के कारणले .भएको हो गम्भीर रूपमा कार्यकर्ता तथा नेताले सोच्नुपर्ने वरिष्ठ नेता नेपालले बताउनुभयो । उहाँले धेरै लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट पार्टी सञ्चालनमा केही ऊर्जा थपिएको समेत बताउनुभयो । 8
इटहरी उपमहानगर कमिटीका अध्यक्ष बहादुर तामाङको अध्यक्षतामा सम्पन्न सो अगुवा कार्यकर्ता भेलामा नेकपा केन्द्रीय कमिटीका सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौला, सह–इन्चार्ज तैयव हुसेन, उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी, इटहरी इन्चार्ज राजकुमार गिरी, सह–इन्चार्ज निर्मल बराल तथा अन्य जिल्ला कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ माघ २०७६, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव