काठमाडौं । भारतीय नागरिक सुवान शेखको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिएको छ ।
झापाको चारपानेमा भएको शेख हत्या घटनाका आरोपित करण चौधरी र लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
२१ माघको विहान विर्तामोड २ चारपानेमा भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका शेखको हत्या भएको थियो ।
यस्तो थियो घटना
माघ २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद हुन्छ । विवादको क्रममा उनीहरुले शेखलाई ढुंगा प्रहार गर्छन् । शेख ढुंगा लागेर बेहोस हुन्छन् । दुबैले बेहोस भएका शेखलाई घिसारेर खेतमा लान्छन् ।
चक्कुले शेखको संवेदनशील अंग काटेर फाल्छन् र परालले छोपेर आगो लगाएर जलाउँछन्। पक्राउ परेकाहरुले दिएको बयानअनुसार विवादका क्रममा अश्लील गाली गरेको रिस र छिटो मरोस् भनेर संवेदनशील अंग काटेर फालेको प्रहरीको बयान छ ।
प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित दुवैलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ माघ २०७६, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या