काठमाडौं । भारतीय नागरिक सुवान शेखको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिएको छ ।
झापाको चारपानेमा भएको शेख हत्या घटनाका आरोपित करण चौधरी र लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
२१ माघको विहान विर्तामोड २ चारपानेमा भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका शेखको हत्या भएको थियो ।
यस्तो थियो घटना
माघ २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद हुन्छ । विवादको क्रममा उनीहरुले शेखलाई ढुंगा प्रहार गर्छन् । शेख ढुंगा लागेर बेहोस हुन्छन् । दुबैले बेहोस भएका शेखलाई घिसारेर खेतमा लान्छन् ।
चक्कुले शेखको संवेदनशील अंग काटेर फाल्छन् र परालले छोपेर आगो लगाएर जलाउँछन्। पक्राउ परेकाहरुले दिएको बयानअनुसार विवादका क्रममा अश्लील गाली गरेको रिस र छिटो मरोस् भनेर संवेदनशील अंग काटेर फालेको प्रहरीको बयान छ ।
प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित दुवैलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ माघ २०७६, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या