काठमाडौं । अहिले बालुवाटारमा जग्गाको मूल्य प्रतिआना करिब एक करोड छ । ०६१ सालमा आनाको कम्तीमा १० लाख मान्दा पनि आठ आना जग्गाको ८० लाख रुपैयाँ हुनुपर्छ । तर, नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जम्मा चार लाखमा आठ आना जग्गा किनेको बयान दिएका छन् ।
अख्तियारलाई बयान दिँदै उनले भनेका छन्, ‘हाल म अस्ट्रेलियाको राजधानी क्यानबेरामा बस्छु । मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा छ । सो जग्गा मैले २९ पुस ०६१ मा तत्कालीन उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ ।
प्रचलित कानुनबमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिका नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता स्रेस्ता कायम रहेको, कहीँकतैबाट रोक्का नभएको र सम्बन्धित मालपोत कार्यालयले खरिद÷बिक्री गर्न मिल्ने भनी यकिन गरेपछि मैले सो किनेको हुँ । प्रचलित कानुनबमोजिम रजिस्ट्रेसन लिखत पारित गरी लाग्ने राजस्व बुझाई चार लाख रुपैयाँमा खरिद गरेको हुँ ।
उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिको हो भन्ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकाले सरकारी सार्वजनिक जग्गा भए त्यस्तो जग्गा पुनः नेपाल सरकारका नाममा कायम गर्नुपर्छ ।’ नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २४ माघ २०७६, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल