काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस सांसद गगन थापाले कानुनको अपव्याख्या गर्दै तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरुलाई उन्मुक्ति दिने प्रयत्न दुरासयपूर्ण भएको बताएका छन् ।
नेताले थापाले बिहीबार सामाजिक सञ्जा मा आफ्ना धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।उनले सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुँदा उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न, गराउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरू उक्त अपराधबाट उन्मुक्ति पाउन नसक्ने बताएका हुन्।
सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने नेकपा नेता विष्णु पौडेलको छोरा नवीन पौडेल र कुमार रेग्मीलाई ुआफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोलेु भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिएको नेता थापाले उल्लेख गरेका छन्। उनले अख्तियारको उक्त निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार दिएको उल्लेख गरेकाछन्।
उनले कांग्रेस उपसभापति विजयकुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेको र उनी सही थिए वा गलत त्यसको फैसला अदालतले गर्ने बताएका छन्।नेता थापाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अनुसन्धानले समेट्नुपर्ने तर नसमेटेका विषयलाई समेत दृष्टिगत गरी सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा नपरी संलग्न व्यक्तिहरूको पहुँच, अवस्था, आस्था र विचार नहेरी फैसला गर्नेमा आफूमा विश्वास रहेको पनि बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २४ माघ २०७६, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा