माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसिसीका बारेमा छलफल

रासस

विहीबार, २३ माघ २०७६, २१ : ३८
माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसिसीका बारेमा  छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो । 

नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो । सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई बताउनुभयो । नेता नेपालले एमसिसी राष्ट्रिय हित विपरीत भए सच्चाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरुबीच दुई देशबीच द्विपक्षीय हित र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस