काठमाडौँ । मोरङ प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहारका ६२ वर्षीय चन्दन भौमिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार अवैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको २ वटा सुनको चुरा सहित विराटनगर-१७, रानी भन्सार गेटबाट उनलाईपक्राउ गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मान बहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि