डेढ लाख घुस लिदैं गर्दा भन्सारका सुब्बा समातिए

पत्रपत्रिकाबाट

मंगलबार, २१ माघ २०७६, ०७ : ०९
डेढ लाख घुस लिदैं गर्दा भन्सारका सुब्बा समातिए

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भन्सार कार्यालय जनकपुरका नायब सुब्बालाई १ लाख ५० हजार घूससहित पक्राउ गरेको छ ।

सोमबार साँझ जनकपुरको पिडारी चोकबाट जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारीलाई घूसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

भारतीय बजारबाट घरेलु समान नेपाल ल्याउन सहजीकरण गरिदिने भन्दै व्यपारीबाट नायब सुब्बा रजाले घूस लिएका थिए ।

घूसको रकमसहित नायब सुब्बालाई अनुसन्धानकालागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रहरी नयाब उपरीक्षक मधुकुमार थापाले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस