धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भन्सार कार्यालय जनकपुरका नायब सुब्बालाई १ लाख ५० हजार घूससहित पक्राउ गरेको छ ।
सोमबार साँझ जनकपुरको पिडारी चोकबाट जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारीलाई घूसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।
भारतीय बजारबाट घरेलु समान नेपाल ल्याउन सहजीकरण गरिदिने भन्दै व्यपारीबाट नायब सुब्बा रजाले घूस लिएका थिए ।
घूसको रकमसहित नायब सुब्बालाई अनुसन्धानकालागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रहरी नयाब उपरीक्षक मधुकुमार थापाले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ माघ २०७६, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ