काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ बलघासमा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुङ लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालक आश्विन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उकालो सडकमा ट्याक्टर रोकी वेट राख्ने क्रममा ट्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी सहायक निरीक्षक धर्मराज खनालले जानकारी दिनुभयो । खनालका अनुसार ट्याक्टर चालक सन्तोष परियारलाई भिमगिठे बजारबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते