एसएसपी राणालाई पाँच दिनको म्याद थप

रासस

सोमबार, २० माघ २०७६, २० : ०५
एसएसपी राणालाई पाँच दिनको म्याद थप

काठमाडौं । बलात्कारको आरोप लागेका सङ्घीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई आज पाँच दिनको म्याद थप गरेको छ । सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई जिल्ला अदालत सुनसरीले पाँच दिनको म्याद थप गरेको हो । 

अनुसन्धानका लागि राणालाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले पाँच दिन म्याद थप गरेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनुभयो । म्याद थप गर्नुपूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आआफ्नो तर्क राखेका थिए । 

प्रतिक्रिया दिनुहोस