प्रियंका कार्कीको फोटो सेयर गर्दै बार्सिलोनाले भन्यो, ‘हामी नेपाललाई माया गर्छौं’

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, १७ : ४०
प्रियंका कार्कीको फोटो सेयर गर्दै बार्सिलोनाले भन्यो, ‘हामी नेपाललाई माया गर्छौं’

काठमाडौं । नायिका प्रियंका कार्की हाल युरोप भ्रमणमा रहेकी छिन् । युरोप भ्रमणको सिलसिलामा उनी बार्सिलोनाको फुटबल खेल हेर्नकै लागि स्पेन पुगेकी छिन् । 

नाउ क्यापमा स्पेनिस ला–लिगामा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल उनले हेरेकी थिइन् । गएराति भएको सो खेलमा बार्सिलोना विजयी भएको थियो । 

आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । 

गएरातिको खेल हेरेपछि बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा लेखिएको छ ‘वी लभ नेपाल’ (हामी नेपाललाई माया गर्छौँ ।’

बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् ।