बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक हराएको तीन दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ ।
पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गाबहादुर राना आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
शिक्षण पेशाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरदेखि अध्यापनका लागि जैमिनी आएपछि सम्र्पकविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो । शिक्षकको शव सडकदेखि केही तल बारीको कुनामा फेला परेको हो । शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । शवको धौलागिरी अञ्चल अस्पताल बागलुङमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता