चितवन । चितवनको भरतपुर महानगरपालिकामा बन्न लागेको सभागृहलाई अर्थ मन्त्रालयले बजेटको सुनिश्चित गरिदिएको छ ।
अर्थ मन्त्रालयले एक अर्ब ५९ करोड ६७ लाखको बजेट सुनिश्चित गरिदिएको छ । ‘अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि अब सभागृहको काम अगाडि बढ्छ’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो । उहाँका अनुसार यही बैशाखभित्र सभागृहको शिलान्यास हुनेछ ।
भरतपुरमा महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा देशकै नमुनाको सभागृह निर्माण हुन लागेको हो ।
महानगर प्रमुख दाहालले एक महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ । उहाँले सभागृहको डीपीआरको काम सम्पन्न भइसकेको बताउनुभयो ।
सघन शहरी तथा भवन निर्माण आयोजनाले सभागृह निर्माणको काम अघि बढाएको छ। एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ ।
‘दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी बोलपत्र आह्वान गरिन्छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘सभागृहमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३ सय जना अट्ने दुई वटा, २ सय अट्ने एउटा र एक सय अट्ने तीन वटा हल बन्नेछ ।’ उहाँका अनुसार बजेटको सुनिश्चितताले काम सकिएको छ, अब निर्माणको काम अगाडि बढ्छ ।
सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैँचा , २ सय ५७ गाडी र ३ सय १७ मोटरसाइकल अट्ने पार्किङ हुने व्यवस्था हुनेछ ।
सभागृह निर्माण सम्पन्न गरिसक्न २ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम