चितवन । चितवनको भरतपुर महानगरपालिकामा बन्न लागेको सभागृहलाई अर्थ मन्त्रालयले बजेटको सुनिश्चित गरिदिएको छ ।
अर्थ मन्त्रालयले एक अर्ब ५९ करोड ६७ लाखको बजेट सुनिश्चित गरिदिएको छ । ‘अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि अब सभागृहको काम अगाडि बढ्छ’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो । उहाँका अनुसार यही बैशाखभित्र सभागृहको शिलान्यास हुनेछ ।
भरतपुरमा महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा देशकै नमुनाको सभागृह निर्माण हुन लागेको हो ।
महानगर प्रमुख दाहालले एक महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ । उहाँले सभागृहको डीपीआरको काम सम्पन्न भइसकेको बताउनुभयो ।
सघन शहरी तथा भवन निर्माण आयोजनाले सभागृह निर्माणको काम अघि बढाएको छ। एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ ।
‘दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी बोलपत्र आह्वान गरिन्छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘सभागृहमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३ सय जना अट्ने दुई वटा, २ सय अट्ने एउटा र एक सय अट्ने तीन वटा हल बन्नेछ ।’ उहाँका अनुसार बजेटको सुनिश्चितताले काम सकिएको छ, अब निर्माणको काम अगाडि बढ्छ ।
सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैँचा , २ सय ५७ गाडी र ३ सय १७ मोटरसाइकल अट्ने पार्किङ हुने व्यवस्था हुनेछ ।
सभागृह निर्माण सम्पन्न गरिसक्न २ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना