झापा-५

बालेन र ओलीबीच ५ हजार बढी मतान्तर

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १६ : ४६
बालेन र ओलीबीच ५ हजार बढी मतान्तर

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन साहले मतान्तर बढाएका छन् । बालनले ६ हजार ५ सय ५१ मत पाएका छन् । यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् ।

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस