कामदारका लागि मलेसिया सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण

पत्रपत्रिकाबाट

सोमबार, २० माघ २०७६, ०७ : ३१
कामदारका लागि मलेसिया सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण

सांकेतिक तस्बिर ।

काठमाडौं । नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।

विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो ।

हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये लगभग २ हजार ५ सयले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । योे समाचार आजको कारोबार दैनिकमा छ ।