काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।
कार्यदलका सदस्य रावलले एमसीसीबारे प्रश्न उठाउँदै आएका थिए भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएका थिए

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा स्थापना दिवशको कार्यक्रममा आज ओलीले सम्बोधन गर्ने
नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक जारी
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
नेकपामा ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन (नामावलीसहित)
नेकपाद्वारा १० बुँदे कार्ययोजना प्रस्ताव
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन