नेकपाले एमसीसीबारे सुझाव संकलन गर्न बनायो कार्यदल

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १६ : ०४
नेकपाले एमसीसीबारे सुझाव संकलन गर्न बनायो कार्यदल


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । 

कार्यदलका सदस्य रावलले एमसीसीबारे प्रश्न उठाउँदै आएका थिए भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएका थिए 

प्रतिक्रिया दिनुहोस