रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको भन्दै निर्णय सच्याउन माग

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १३ : ५९
रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको भन्दै निर्णय सच्याउन माग

काठमाडौं । नेकपाको विधानविपरित रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको भन्दै उक्त निर्णय सच्याउन माग उठेको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्दा विधानको पालना नभएको दावी गर्दै जारी केन्द्रीय समिति बैठकमा उजुरी दिएका छन् । 

उनले बैठकमा लिखित निवेदन प्रस्तुत गर्दै २०७५ जेठ ३ मा प्रथम ऐतिहासिक एकता बैठकबाट पारित विधानको धारा ३४ मा केन्द्रीय निकाय तथा विभागका पदाधिकारी र सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको स्मरणसमेत गराएका छन् ।