केपी ओलीको प्रस्तावमा नै विद्या भण्डारी पार्टीमा अघि बढ्नुहुन्छः रघुवीर महासेठ

सफल खबर संवाददाता

आइतबार, २२ असार २०८२, १२ : २३
केपी ओलीको प्रस्तावमा नै विद्या भण्डारी पार्टीमा अघि बढ्नुहुन्छः रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् । जनकपुरधाममा पत्रकारमाझ महासैठले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमाले चल्ने भन्दै भण्डारी आउँदा ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर गरे ।

उनले भने, ‘पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउन खोजिरहेको कुरा राम्रो हैन । मलाई पनि विवाद ल्याउन खोजिएको छ । हामी कुनै पनि कित्तामा नभई पार्टीको कित्तामा छौं । जबसम्म हाम्रो अध्यक्षकै निर्देशअनुसार अघि बढ्छ । महाधिवेशनले गर्ने हो । केपी शर्मा ओलीज्यूलको आउने महाधिवेशनसम्म कुनै विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस