काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा माइक्रोका चालक दीपक खड्का र काठमाडौंका हेमराज कोइरालाको मृत्यु भएको पुष्टि भए पनि अन्य तीन जनाको सनाखत भएको छैन ।
पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना.६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट काठमाडौँतर्फ गइरहेको बा।५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु