चितवन । बसले ट्रकलाई ठक्कर दिदा चितवनमा एक ८ महिने शिशुको मृत्यु भएको छ । महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलको ८ महिनाको छोरा सत्यम मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
गएराती भएको सो दुर्घटनामा परि अन्य बसमा सवार ९ जना घाइते भएका छन । जसमध्ये ३ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ । उनिहरु ५ जनाको नया मेडिकल कलेजमा र ४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक प्रबक्ता एक नारायण कोइरालाले जानकारी दिए ।
खैरहनी नगरपालिका ३ स्थित पुर्बपश्चिम राजमार्गमा जलेश्वरबाट काठमाडौतर्फ गैरहेको ना ७ ख ३२४८ नम्बरको बसले सोही दिसातर्फ गैरहेको ना ६ ख १५०६ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । महोत्तरी बस्ने बर्ष ४० का सहदेब महतो, १९ बर्सिय हरी शंकर सिँह र मनोरसा नगरपालिका ६ का २५ बर्सिय सरिता मण्डल गम्भिर घाइते भएका छन ।
यस्तै भारत सितापुर बस्ने बर्ष ४० को हरि राम, महोत्तरी बृर्ता न.पा. बस्ने बर्ष १० की अनुष्का राम, महोत्तरी औरही न.पा. ७ बस्ने बर्ष २५ को सचिन यादब, महोत्तरी बृर्ता न.पा. बस्ने बर्ष २० की रिना देबी राम, मनोरसा न.पा. ६ बस्ने बर्ष ३५ को गुन्दो मण्डल, उन्का ३ बर्सिय छोरा शिबम मण्डल मध्यम घाइते भएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एक नारायन कोइरालाले बताए । दुबै सवारी साधन नियन्त्रणमा रहेको छभने बस चालक फरार रहेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु