चितवन । बसले ट्रकलाई ठक्कर दिदा चितवनमा एक ८ महिने शिशुको मृत्यु भएको छ । महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलको ८ महिनाको छोरा सत्यम मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
गएराती भएको सो दुर्घटनामा परि अन्य बसमा सवार ९ जना घाइते भएका छन । जसमध्ये ३ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ । उनिहरु ५ जनाको नया मेडिकल कलेजमा र ४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक प्रबक्ता एक नारायण कोइरालाले जानकारी दिए ।
खैरहनी नगरपालिका ३ स्थित पुर्बपश्चिम राजमार्गमा जलेश्वरबाट काठमाडौतर्फ गैरहेको ना ७ ख ३२४८ नम्बरको बसले सोही दिसातर्फ गैरहेको ना ६ ख १५०६ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । महोत्तरी बस्ने बर्ष ४० का सहदेब महतो, १९ बर्सिय हरी शंकर सिँह र मनोरसा नगरपालिका ६ का २५ बर्सिय सरिता मण्डल गम्भिर घाइते भएका छन ।
यस्तै भारत सितापुर बस्ने बर्ष ४० को हरि राम, महोत्तरी बृर्ता न.पा. बस्ने बर्ष १० की अनुष्का राम, महोत्तरी औरही न.पा. ७ बस्ने बर्ष २५ को सचिन यादब, महोत्तरी बृर्ता न.पा. बस्ने बर्ष २० की रिना देबी राम, मनोरसा न.पा. ६ बस्ने बर्ष ३५ को गुन्दो मण्डल, उन्का ३ बर्सिय छोरा शिबम मण्डल मध्यम घाइते भएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एक नारायन कोइरालाले बताए । दुबै सवारी साधन नियन्त्रणमा रहेको छभने बस चालक फरार रहेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते