काठमाडौं । फेल भएका परीक्षार्थीलाई पास गराउने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूविरुद्ध अख्तियारले दायर गरेको मुद्दा उल्ट्याउँदै विशेष अदालतले सफाइ दियो । १४ जेठ ०७५ मा अदालतले गरेको फैसलाविरुद्ध आयोगले २१ साउन ०७५ मा पुनरावेदन गरेको थियो ।
उपप्राध्यापक पदको लिखित परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा आयोगले विशेष आन्तरिक खुलातर्फको गणित (मानविकी)का परीक्षार्थी प्रमोदकुमार गोइत र खुलातर्फको गणित (विज्ञान)का परीक्षार्थी अमरनाथ साह र उपप्राध्यापक प्रा.डा. चेतनाथ भट्ट र प्रा.डा. रामविश्वासप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको थियो ।
भट्ट र साहले परीक्षार्थीको प्रथमपत्रको उत्तरपुस्तिकामा प्रश्न मात्रै सारेकालाई पनि अंक दिई उत्तीर्ण गराएका प्रा.डा. साहले आफ्नै ज्वाइँ परीक्षामा संलग्न भएकामा उत्तरपुस्तिका आफैँले परीक्षण गरी बढी अंक दिएको आरोप आयोगको थियो ।
आयोगले प्राडाद्वय भट्ट र साह तथा अमरनाथ साहविरुद्ध पनि मुद्दा दायर गरेको थियो । तर, अदालतले भट्ट र साहलाई सफाइ दियो । सो फैसला त्रुटिपूर्ण भएको भन्दै आयोग पुनरावेदनमा गएको खबर आजको नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १९ माघ २०७६, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो