काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको छ ।बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको हो ।
शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको बताएका थिए ।
समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको जनाए । अहिले मृत्युदण्ड दिने कानुन नभएपनि सरकारले अब सो कानुन बनाउनु पर्नेमा आवाज उठेको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमा पनि पार्टीले छानविन गर्नुपर्ने माग बैठकमा उठेको छ । समूह नम्बर १५ का टोलीनेता हिमाल शर्माले छलफलमा महरा प्रकरणमा पार्टीले गहन छानविन गर्नुपर्ने माग गरेका थिए ।
समूह नम्बर १० मा बालुवाटार जग्गा प्रकरण, एनसेल लाभकर, यती होर्डिङ्स जग्गा विवादबारे पार्टीको दृष्टिकोण प्रष्ट हुनुपर्ने माग उठेको थियो ।
पूर्णकुमारी सुवेदी नेतृत्वको समूह नम्बर ७ ले यति होल्डिङ्स, बालुवाटार जग्गा अनियमितता प्रकरणमा उच्चस्तरीय छानविन टोली गठन माग गरेको थियो ।
समूहगत छलफलमा केन्द्रीय सदस्य धर्मशीला चापागाईंले सार्वजनिक पदमा पुग्ने जोसूकै पनि भ्रष्टाचारमा उद्यत हुन थालेको भन्दै भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने बताइन् ।
अब आइतबार अध्यक्ष र महासचिवले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ माघ २०७६, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?