चितवन । छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ ।
उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शङ्कास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरी काम शुरु गरिएको छ ।
अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । उहाँहरु दुवै फिजिसियन हुनुहुन्छ । परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको सङ्क्रमणको आशङ्का लागेमा नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ ।
बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाई प्रकाशन एवं प्रसारणको प्रक्रिया शुरु गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । नियमितरुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिनेछ ।
यस्तै खोक्दा वा हाँछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान पौडेलले सुझाव दिनुभयो । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तक्र्रिया कार्यक्रम गर्ने जनाएको छ ।
केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ माघ २०७६, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी