काठमाडौं । आजको कान्तिपुर दैनिकले ‘स्वास्थ्य संकटकाल घोषणा’ शीर्षकमा मुख्य पृष्ठमा समाचार छापेको । समाचारमा चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ)ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको कान्तिपुरले लेखेको छ ।
कारण शुक्रबार बिहानसम्म चीनमा २ सय १३ जनाको मृत्यु भइसकेको छ । संक्रमित व्यक्तिको संख्या ९ हजार ८ सय नाघेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये १ हजार ५ सय २७ जना चिन्ताजनक अवस्थामा रहेको कान्तिपुर दैनिकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ माघ २०७६, ०७ : ३४
लेखकबाट थप