दूध बेच्ने महिलाको काल बन्यो टिपर

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, ११ : १९
दूध बेच्ने महिलाको काल बन्यो टिपर

गोरखा । मनमाया तामाङ सधैँ दूध बेच्न नजिकैको बजार गोरखाको छेपटार जान्थिन् । गोरखा नगरपालिका वडा नम्बर १० अमलापानीकी ५२ वर्षीय मनमाया शुक्रबार बिहान पनि सधैँझैँ दूध बेच्न छेपेटार बजार गइन् । कुहिरो डम्म लागेको थियो । जाडो पनि उस्तै । 

मनमाया आफ्नै साइडमा दूधको क्यान हल्लाउँदै गन्तव्यतर्फ गइरहेकी थिइन् । त्यतिबेला नै तीव्र गतिमा गुडिरहेको टिपरले मनमायालाई किच्यो । दूध बेच्न हिँडेकी मनमायाको ग१ख ८०२७ नम्बरको टिपर काल बनेर आयो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनमायाको घटनास्थलमै मृत्यु भयो।

प्रहरीका अनुसार पौने सात बजेतिर टिपरले उनलाई किचेको थियो। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। आक्रोशित स्थानीय बासिन्दाले व्याक गरेर किचेको भन्दै टिपरमा आगो लगाइदिए । 

गोरखाका प्रहरीका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ  । टिपर चालक नियन्त्रणमा लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस