भैरहवा । बोराको थुप्रोले थिचेर भैरहवामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटना गएराति घटेको हो ।
बोराले थिचेर भारतको बिहार घर भई १२ र १५ वर्षदेखि भैरहवामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं ६ गल्लामण्डीमा भाडामा बस्दै आएका उनीहरू बिहीबार बिहान मृत अवस्थामा फेला पारेका थिए।
सुतिरहेको कोठामा खात लगाएर राखिएका बोराहरू खस्दा च्यापिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५-२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ माघ २०७६, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु