पूर्व अधिराजकुमारी प्रेरणालाई आइलाग्यो आपत

पत्रपत्रिकाबाट

विहीबार, १६ माघ २०७६, ०७ : ४०
पूर्व अधिराजकुमारी प्रेरणालाई आइलाग्यो आपत

काठमाडौं।  नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले २२ दिनभित्र खाली गर्नुपर्ने भएको छ ।

सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो ।

नेपाल ट्रस्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवदेन दिएकी थिइन् । सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछि नेपाल ट्रस्ट केही समय हच्किएको थियो ।

ट्रस्टले काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एक आना एक पैसामा रहेको कम्पाउन्ड बालसहितको विजया घरसमेतको जग्गा धनी प्रमाणपुर्जा नेपाल ट्रस्टको कार्यालयको नाममा कायम भइसकेको जनाएको छ ।

पूर्वअधिराजकुमारी सिंहले अटेर गरेपछि केही समयअघि मात्रै नेपाल ट्रस्टले पत्रिकामा सूचना निकालेर घरजग्गा खाली गर्न भनेको छ । अब उनले घरजग्गा खाली गर्ने समय २२ दिन मात्रै छ । घर खाली नभए नेपाल ट्रस्टले कानुनी प्रक्रियाअघि बढाउने जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस