चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिनुभयो । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ
१५ लाख घुससहित समातिए बनेपा नगरपालिकाका वडाध्यक्ष
घुससहित पक्राउ परेका इन्जिनियर, हवल्दार र सई दोषी ठहर
घुस लिएको आरोपमा झापामा नापीका कर्मचारीसहित २ जना समातिए
सहायक वन अधिकृत घुस रकमसहित रङ्गे हात पक्राउ
७० हजार रुपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर