चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिनुभयो । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ