काठमाडौँ । वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरिएको छ ।
टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा आज मंगलबार एक जनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङगलबार यस्तो आदेश जारी गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपािलका–३ का २१ वर्षीय केशरबहादुरको सिंहको मृत्यु भएको थियो ।
त्यसपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै सुरु भएको आन्दोलन टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत रोकिएको छैन । नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको छ । हवाइ फायरबाट ८ जना घाइते भएका छन् ।
मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट कर्फ्यु लगाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुरक्षा स्थितिलाई नियन्त्रणमा लिनको लागि आज ६ः३० बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ माघ २०७६, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो