बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका–४ सुइलिहवामा २ वटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । भैरहवा–भूमही सडकमा दुई ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब साढे ५ बजेतिर भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–४ का ३४ वर्षीय लालु कुर्मी र भविन कार्की तथा ठेगाना नखुलेका पूर्णबहादुर भुजेल मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरको भैरहवा मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ माघ २०७६, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते