भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालको कम्पनी के होला ?

पत्रपत्रिकाबाट

सोमबार, १३ माघ २०७६, ०७ : २२
भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालको कम्पनी के होला ?

काठमाडौं । नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)  डुब्ने अवस्थामा पुगेको छ ।

भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ । एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ । यस्तो तथ्याकं सन् २०१४र१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।

एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ मात्रै भन्दै कुनै असर नपर्ने जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

प्रतिक्रिया दिनुहोस