काठमाडौँ । नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द 'विप्लव' समूह नेतृत्वमा रहेका मकवानपुरका चार नेताले आज पार्टी परित्याग गरेका छन् । सो पार्टी परित्याग गर्नेहरुमा क्रमशः अक्कलबहादुर गोले ‘धावा’, गीता कार्की, अर्जुन चौलागाईं र नारायणप्रसाद गौतम हुनुहुन्छ ।
उहाँहरुले शान्तिपूर्ण, व्यक्तिगत र सामाजिक जीवनमा असहज परिस्थिति महसुस भएकाले पार्टी परित्याग गरिएको जानकारी दिनुभएको छ । उहाँहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले गर्दा नेपाली जनताको जीवन झन कष्टकर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ माघ २०७६, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने