दोधारमा पर्दापर्दै स्वस्तिमा खड्का !

आइतबार, १२ माघ २०७६, १४ : ४२
दोधारमा पर्दापर्दै स्वस्तिमा खड्का !

काठमाडौं । फिल्मको मुहूर्त गर्दासमेत आफू फिल्म खेल्ने कि नखेल्ने भन्ने टुङ्गोमा थिइनन्, स्वस्तिमा खड्का । उनको कन्फ्युजन र दोधार यति लम्बियो कि फिल्मको छायाँकन नै सकिइसक्यो ।

सेक्स साइकोलोजीमाथि बनेको फिल्म ‘चपली हाइट ३’को कथा भल्गर देखेकाले उनी फिल्ममा देखिने कि नदेखिने भनी दोधारमा परेकी रहिछन् । त्यसो त उनी मात्र होइन, अधिकांश अभिनेत्रीलाई फिल्मको नामैले तर्साउँछ ।

फिल्मको नामले नै उनी पनि तर्सिएकी रहिछन् । अन्ततः उनले फिल्म खेलेको प्रमाणित त भयो नै तर फिल्मका बारेमा अझै उनी खुलेर कुरा गरेको पाइँदैन । यस विषयमा केहीले उनको आलोचना थालिसकेका छन्, नाकै खुम्च्याउने र दोधारे कुरा गर्नेले फिल्म चाहिँ किन गरेको त ?

तर के थाहा ? उनको भूमिका नै यसमा पनि दोधारे नै छ कि ? उनी चरित्रमा यत्ति बढी डुबिन् कि उनी फिल्ममा छिन् कि छैनन् भन्ने नै थाहा नभएको पनि त हुनसक्छ ! अब चरित्रमा नै यत्ति बढी डुब्ने भइसकेपछि कसको के लाग्छ  ? - शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस