कोरोना संक्रमितको उपचार गर्न पाँच अस्पताल तोकियो

पत्रपत्रिकाबाट

आइतबार, १२ माघ २०७६, ०८ : ०८
कोरोना संक्रमितको उपचार गर्न पाँच अस्पताल तोकियो

काठमाडौँ । चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको नयाँ पत्रिका दैनिकमा छ ।

कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएका हुन् ।

शनिबार सबै अस्पताल प्रमुखहरूलाई बोलाएर तयारी अवस्थामा रहन दिर्नेशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।