प्रचण्डद्वारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त

सफल खबर संवाददाता

शनिबार, ११ माघ २०७६, ०८ : ४६
प्रचण्डद्वारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तामाङ समुदायको सांस्कृतिक चाड सोनाम सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङवासीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा रहुनुभएका सम्पूर्ण तामाङ दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु’

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपालमा बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’

यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना प्रचण्डले व्यक्त गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस