काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुटेको छ । सहमतिअनुसार फागुनमा नै महाधिवेशन गर्ने सहमति पनि भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रवार करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएको हो ।
यसअघि पुस ११ गते संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको पार्टीको महाधिवेशनको मितिमै एक दिन थप गरेर महाधिवेशन गर्ने सहमति जुटेको छ ।
बैठकमा सहभागी उपसभापति विमलेन्द्र निधिका अनुसार महाधिवेशन २०७७ फागुन ७–१० मा गर्ने सहमति भएको छ ।
त्यस्तै महाधिवेशन कार्यतालिकालाई परिमार्जन गर्ने सहमति पनि बैठकमा भएको छ ।
नेता निधिका अनुसार कार्यतालिकालाई पदाधिकारी बैठकले टुंग्याउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने निर्णय बैठकले गरेको छ ।
त्यस्तै असन्तुष्ट पक्षले गर्दै आएको क्रियाशिल सदस्य छानवीन समिति पनि गठन गर्ने सहमति बैठकमा भएको निधिले जानकारी दिए ।
बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० माघ २०७६, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल