४ हजार घुससहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १८ : ३२
४ हजार घुससहित एक जना पक्राउ

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी ९करार० केशव कुमार यादव ४ हजार घुससहित पक्राउ परेका छन् । 

अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याइने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ । 

घुस रकम लिइसकेको अवस्थामा यादवकै कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस