काठमाडौं । केही सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरुको श्रेणीबाट माथि उक्लिन सकेको छैन ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहिबार सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको हो । सन् २०१८ मा नेपाल ३१ अंकसहित १ सय २४ औं स्थानमा थियो । सन् २०१९ मा ३ अंक बढी प्राप्त गरी ३४ अंक पुगेपनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुमा २० औं स्थानमा परेको छ ।
१ सय ८० देश मध्ये ९ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अंकित भएको छ । त्यसैगरी ८९ अंक प्राप्त गरि डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ । भ्रष्टाचार अवधारणा सूचकांङ्कमा १ सय अंकले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउँछ ।
खासगरी नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचारमा न्यून रुपमा नै भएपनि सुधार आएको रिपोर्टले देखाएको छ । अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि उच्च ओहोदाकाले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता लगायत रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले जनशक्ति भर्ना गर्दा हुने आर्थिक अभियमिततालाई कमि गर्न आन्तरिक रुपमा गरिएको कारवाही, भ्रष्टाचार भएको रकम असुली लगायत कार्यहरु भ्रष्टाचार नियन्त्रणको सन्र्दभमा सकारात्मक कदम भएको निष्कर्ष निकाल्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर
सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ : श्रीकृष्णप्रसाद अधिकारी
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा