कैलाली । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा बुधबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मृतक विष्टको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु