खाँदबारी । सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।
सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो ।
सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबहादुरलाई सभापोखरी गाउ“पालिका–३ सुनाम्लाबाट विशेष सुराकीका आधारमा मङ्गलबार पक्राउ गरेको थियो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
मतदान केन्द्र अगाडि प्रेसर कुकर बम फेला पर्यो
तेहरान र बेरुतमा भीषण बमबारी
युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति
समाचार पढ्दै गर्दा जब इजरायलले बम खसाल्यो...