काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव ' समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गर्नुभएको छ । बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले आज चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउनुभएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गर्नुभएको हो । सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उहाँलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।
आत्मसमर्पणसँगै सापकोटा रु १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिनुभयो । “प्रतिबद्धताविपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उहाँले पछि सफाइ पाउनुहुन्छ”, निमित्त प्रजिअ पन्तले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ माघ २०७६, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने