काठमाडौं। सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाइका लागि पेसी चढेको सङ्ख्या मंगलबार ५८ पटक पुगेको छ।
सूर्य नेपालले आन्तरिक राजस्व विभागले तोकेको करमा चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो। मंगलबार ती विवादमा सुनुवाइ भए पनि अन्त्यमा सम्बन्धित निकायबाट पुनः फाइल मगाइयो।
ती विवाद विभिन्न मितिमा विभिन्न इजलासमा परेका भए पनि धेरैजसो त्यसको पालो नआएर सुनुवाइ हुनसकेको छैन। सुनुवाइका लागि ५८ पटक पेसी चढेको भए पनि २० पटक ‘हेर्न नभ्याइने’ भनी जनिएको छ। पक्ष तथा विपक्षीले ती विवादको सुनुवाइ स्थगित गरेको सङ्ख्या आठ छ।
सुनुवाइ भएर आदेश गरेको सङ्ख्या ६ र हेर्न नमिल्ने न्यायाधीशकोमा तीनपटक परेको छ। ५८ पटक पेसीमा चढेको भए पनि अन्य विभिन्न कारणले विवादले अन्तिम निकास पाउन सकेको छैन।नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ माघ २०७६, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करका दरमा बृहत पुनरावलोकन , १० लाखसम्म एक प्रतिशत मात्रै कर
चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु
विवादास्पद डोल्मालाई कर छुट : निर्णय भयो, तर मुख्यसचिवले प्रमाणिकरण नगरिदिँदा कार्यान्वयन अड्कियो
अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर