काठमाडौँ । बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ८ कि २३ वर्षीया सरिता सिंहको जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी गराएको भए पनि अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उहाँलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले जानकारी दिनुभयो ।
सिंहको पेट फुल्ने समस्या भएपछि उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएकाले तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ माघ २०७६, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार