काठमाडौँ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान सभामुखमा सहमति भएपछि उपसभामुख शिवामाय तुम्वाहाङ्फेलाई ओलीले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि तुम्बाहाङ्फे केहीबेर अघि सिंहदरवारबाट बालुवाटारतर्फ प्रस्थान गरेकी छन् ।
बालुवाटारमा तुम्बहाङ्फेले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीसँग छलफल र आफूले राजीनामा दिएपछि संसद सञ्चालनबारे कुराकानी गर्ने बुझिएको छ l
यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा र उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा दिन ढिलाइ गर्दै आएकी थिइन् ।
तर, आइतबार नेकपाका दुई अध्यक्षबीच सभामुखमा नेकपाका अग्नि सापकोटाले उम्मेदवारी दिनेमा सहमति भएको छ । योसँगै उनले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदको जेhष्ठ सदस्यलाई राजीनामा बुझाउने तयारी गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
उपसभामुख हटाउने प्रस्तावबाट किन पछि हट्यो कांग्रेस ?
उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
उपसभामुखलाई हटाउन एमाले र कांग्रेस सांसदहरूको हस्ताक्षर सुरु
उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता